REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off
About Us

WELCOME TO सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था ली.

नेपाल सरकारको ३ खम्बा मध्य १ खम्बाको अर्थनीतिलाई आत्मसात गर्दै अन्तराष्ट्रिय सहकारी सिद्धान्त, मूल्य मान्यता बमोजिम स्थानीय नेपाली नागरिकहरुको आर्थिक, सामाजिक एवं साँस्कृतिक आवश्यकता परिपूर्ति गर्दै राष्ट्र निर्माणमा टेवा पुर्याउन साहि बमोजिम डिभि...

सहकारी संस्था संचालनकै क्रममा २०७४ सालमा सहकारी आएको सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ बमोजिम सहकारी बिभाग २०७५ मा एकीकरण सम्बन्धित सरकारले ल्याएको नितिलाई आत्मासाथ गर्दै संस्थाको मिति २०७६।०२।११ गते समपन्न बिशेष साधारण सभाबाट समान उद्देश्य भए...

सहकारी संस्था संचालनकै क्रममा २०७४ सालमा सहकारी आएको सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ बमोजिम सहकारी बिभाग २०७५ मा एकीकरण सम्बन्धित सरकारले ल्याएको नितिलाई आत्मासाथ गर्दै संस्थाको मिति २०७६।०२।११ गते समपन्न बिशेष साधारण सभाबाट समान उद्देश्य भएको मिति २०७० सालमा दर्ता भई स्थापना भएको सेवा बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गर्ने निर्णय भएपछि सहकारी बिभागले २०७७ सालमा जारी गरेको निर्देशिका बमोजिम त्यस समयमा सहकारी ऐन २०७४ जारी भएपश्चात् डिभिजन सहकारी खारेज भई नियामक निकायको जिम्मेबारी स्थानिय तहलाई जिम्मेबारी दिएपछि दुबै सहकारी सस्थाले नियामक निकाय निजगढ न.पा.मा मिति २०७६ साल जेष्ठ १३ गते एकीकरण स्कीकृति गरी पाउ बिषयमा पत्र दर्ता गरी यस भूगोलमा एकीकरण उल्लेखनिय कार्यगरी निजगढको कार्यालयमा दर्ता नं ०१/०७५/०७६ बाट सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको नाममा यस क्षेत्रमा पहिलो एकीकरण गर्ने संस्थाको रुपमा ईतिहास कायम गर्दै स्थापना भएको हो ।

अध्यक्ष: Manishwor Ghimire

सहकारी,समान सोच समानान्तर बिचार र सह अस्तीत्वलाई स्वीकार गर्ने व्यक्तिहरुद्वारा स्वैछिक संस्थाको रुपमा भएको एक आर्थिक संगठन हो । जसमा आपसी सहकार्य द्वारा,व्यक्तिगत,सामाजिक तथा सांस्कृत्तिक आवश्यकताहरु परिपूत्र्ति गर्न व्यक्तिहरु आवद्ध भएका हुन्छन् । सम्बध समाजको आर्थिक सामाजिक सामाजिक,सांस्कृत्तिक बिकाश तथा जगेर्ना गर्ने एक महान् अभियान नै सहकारी हो भने यो अभियानको सानो सुन्दर फुल हाम्रो सेवा शुभारम्भ साकोस हो,जसको स्थापना २०६७ सालमा भएको हो भने यस संस्थाले २०७६ सालमा ऐतिहासिक एकीकरण गर्दै आजको समय सम्मा आईपुग्दा महिला २,६०९।००पुरुष ३,७३२।०० गरी जम्मा ६,३४१।०० आवद्ध सदस्यहरु मार्फत २६ करोड ६५ लाख कुल कारोबार गरी पुजी परिचालन गर्दै सहकारीको क्षेत्रमा यस भेगमा आफ्नो पृथक पहिचान बनाउन सफल भएका छौ । सहकारी अभियानको लागि उत्पन्न भएको अहिलेको बिषम परिस्थितिमा पनि व्यवसायलाई निरन्तरता दिदै २ वटा सेवाकेन्द्र र १ कार्यालय रहित सेवाकेन्द्र मार्फत,उच्चत्तम प्रविधि,नीति तथा विधिको बिकास र प्रयोग गर्ने तर्फ केन्द्रित हुदै शुसासनलाई सकभर सदस्यहरुले महशुस हुने गरी व्यवस्थीत गर्ने जमर्को गरेका छौ ।

अवको दिनहरुमा अझै पारदर्शि बन्दै जनमुखि कार्यक्रमहरुको साथमा सदस्य बृद्धि, कारोबार बृद्धि, सेवा बृद्धि गर्दै व्यवसायिकता र उत्पादन मुखी कृयाकलापमा सहभागि बन्दै सदस्यको चाहना बमोजिम समाजको वित्तिय बिकास रोजगारी बृद्धि तथा गरिवि न्यूनिकरणमा समाजको सारथि बन्ने ढंगले अगाडी बढने प्रतिवद्धता व्यक्त गर्दछु । जय सहकारी,जय सेवा शुभारम्भ ।

व्यवस्थापक : Bibek Kumar Thakur

प्रतिवद्धता सेवा शुभारम्भ साकोस १५ औ बर्षको यात्रामा रहेको छ । १४ बर्ष देखि सहकारीको यो यात्रामा सहभागी शेयर सदस्य,संचालक समिति तथा कर्मचारीहरुको सहकार्य र विश्वासले आगमी गन्तव्य अझ सफल हुनेमा हामी बिश्वस्त छौ । यो अवधिमा हामीले संस्थागत शुशासन कायम गर्ने,निति,कार्याविधि र प्रविधि,व्यवसाय विस्तार,रोजगारी बृद्धि,कार्यक्षेत्र बिस्तार,प्रविधिमैत्री सेवा,सहकारी अभियानमा नेतृत्वदायी भूमिका प्रदान गर्ने,अन्तरसहकारी सम्बन्ध कायम,वित्तिय साक्षरता,लघुवित्त कार्यक्रम,वित्तिय समावेशिकरण तथा पहुच बृद्धि जस्ता कृयाकलापहरु मार्फत समुदायको पहिलो रोजाईको रुपमा बनाउने प्रतिबद्धता जायर गदछु । आगमी दिनमा संस्थाको योजना बमोजिम प्रविधि सेवालाई क्यासलेस,चेकलेस र पेपरलेस बनाउन पूर्वधारहरु निर्माण गरिनेछ । सहकारी संस्थाको व्यवसायलाई विविधिकारण गर्दै रोजगारी वृद्धि गरिनेछ,सदस्यहरुलाको पूजिलाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रर्वद्धन गरी प्रतिस्पर्धा लाभ वितराणमा ध्यान केन्द्रित गरिनेछ साथै ग्रामीण क्षेत्रहरुमा कार्यक्रम लक्षित गरी महिला तथा युवाहरुलाई सहकारीको सदस्य बनाई उनीहरुको जीवनस्तर सुधार गर्ने कार्यमा बिशेष काम गरिनेछ ।

अन्तमा अर्थतन्त्रको ३ खम्बा मध्य १ खम्बा सहकारीलाई मानिएको हुदा सहकारी मार्फत समाजमा सकरात्कम परिवर्तन ल्याउने र सदस्यहरुलाई आत्मनिर्भरता बनाउने हाम्रो मूख्य उद्देश्य हुनेछ । सबैका लागि सधैका लागि तथा सदस्यहरुको वित्तिय सामाधानको लागि पहिलो रोजाई अभियानलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गर्दछु । जय सेवा शुभारम्भ साकोस ।

Our Vission

“सदस्यहरुको वित्तीय समाधानको पहिलो रोजाई”

Our Mission

सहकारी सिद्धान्तको पालना गर्दै आधुनिक प्रविधि सहितको वित्तीय सेवाका माध्यमबाट सदस्यहरुको समृद्ध जीवन लक्षित प्रदेशको उत्कृष्ठ सहकारी संस्था बनाउने ।

Our Goals

यस संस्थाले उद्देश्यहरु निर्धारण गर्दा सदस्य र समुदायलाई प्रत्यक्ष हित गर्ने उद्देश्य राखेको छ । हाल संस्था सञ्चालनको लागि लिएको लक्ष्य तथा उद्देश्यहरु तपशिल बमोजिम निश्चित गरिएको छ ।

१. संस्थाको मूख्य उद्धेश्य सदस्यहरु बिच बचत तथा ऋणको कारोवार सञ्चालन गर्ने ।

२. संलग्न सदस्यहरु बीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको भावना अभिबृद्धि गर्ने ।

३. नियमित रुपमा सदस्यहरुलाई बचत गर्न उत्प्रेरित गरी पूंँजी निर्माण गर्ने ।

४. सदस्यहरुलाई रोजगारी र आय वृद्धि हुने व्यवसाय संचालन गर्न अभिप्रेरित गरी आय वृद्धि गर्ने ।

५. आत्मनिर्भरता तथा आत्मविश्वासको भावना विकास गर्न सदस्यहरुलाई तालिम प्रदान गर्ने ।

६. सदस्यहरुको आय–आर्जन क्षमतामा बृद्धि गर्नका लागि आवश्यक वित्तिय सहयोग प्रदान गर्ने ।

७. सदस्यको आर्थिक विकास तथा समुदायको पूर्वाधार विकासको लागि कार्यक्रमहरु संचालन गर्ने ।

८. महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्ने ।

९. युवालाई रोजगारी हुने खालका कार्यक्रम सञ्चालन गर्ने ।

१०. परिवर्तित नयाँ प्रविधिको ग्रहण र प्रयोग गर्ने क्षमता विकास गर्ने ।

११. संस्थाको व्यवसायिक क्षमता विकास र प्रवद्र्धनका लागि संघीय संरचनामा आवद्ध हुने जस्तैः (जिल्ला स्तरीय सहकारी संघहरु, प्रदेश स्तरीय सहकारी संघहरु, केन्द्रीय विषयगत सहकारी संघ,राष्ट्रिय सहकारी बैंक लगायतको सदस्यता लिने) ।

१२. दातृ निकायहरुबाट विना शर्त प्राप्त हुने कार्यक्रमगत तथा पूँजीगत अनुदान स्वीकार गर्ने ।

१३. समान उद्धेश्य भएका स्थानीय, राष्ट्रिय, तथा अन्र्तराष्ट्रिय सहकारी संघ संस्थाहरुसंग आपसी हितको लागि सम्वन्ध राख्ने ।

१४. नेपाल सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी बैंक, वाणिज्य वैंकहरु, विकास बैंकहरु, फाईनान्स कम्पनीहरु, सहकारी संघ÷संस्था तथा वित्त कम्पनीहरुबाट थोक ऋण लिई सदस्यहरुलाई आयमूलक कर्जा प्रदान गर्ने र ऋण फिर्ता गर्ने ।

१५. सदस्यहरु तथा संस्थागत विकासका लागि आय आर्जन परियोजना संचालन गर्ने ।

१६. समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्तिलाई संस्थामा आबद्ध गरी उनीहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि वित्तिय सहयोग, सीप विकास एवम् प्रविधि हस्तान्तरणमा सहयोग गर्ने ।

१७. अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाबाट ऋण लिने र आफ्ना सदस्यलाई मात्र ऋण लगानी गर्ने ।

१८. कृषि पर्यटन सम्बन्धी योजना सञ्चालन गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धनको कार्य गर्ने ।

१९. महिला सदस्यहरुलाई लक्षित गरि महिला उद्यमशिलता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।

२०. महिला समुह मार्फत सामुहिक खेती सञ्चालन गरि आत्मनिर्भर बनाउने ।

Objectives

यस संस्थाले उद्देश्यहरु निर्धारण गर्दा सदस्य र समुदायलाई प्रत्यक्ष हित गर्ने उद्देश्य राखेको छ । हाल संस्था सञ्चालनको लागि लिएको लक्ष्य तथा उद्देश्यहरु तपशिल बमोजिम निश्चित गरिएको छ ।

१. संस्थाको मूख्य उद्धेश्य सदस्यहरु बिच बचत तथा ऋणको कारोवार सञ्चालन गर्ने ।

२. संलग्न सदस्यहरु बीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको भावना अभिबृद्धि गर्ने । ३. नियमित रुपमा सदस्यहरुलाई बचत गर्न उत्प्रेरित गरी पूंँजी निर्माण गर्ने । ४. सदस्यहरुलाई रोजगारी र आय वृद्धि हुने व्यवसाय संचालन गर्न अभिप्रेरित गरी आय वृद्धि गर्ने ।

५. आत्मनिर्भरता तथा आत्मविश्वासको भावना विकास गर्न सदस्यहरुलाई तालिम प्रदान गर्ने ।

६. सदस्यहरुको आय–आर्जन क्षमतामा बृद्धि गर्नका लागि आवश्यक वित्तिय सहयोग प्रदान गर्ने ।

७. सदस्यको आर्थिक विकास तथा समुदायको पूर्वाधार विकासको लागि कार्यक्रमहरु संचालन गर्ने ।

८. महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्ने ।

९. युवालाई रोजगारी हुने खालका कार्यक्रम सञ्चालन गर्ने ।

१०. परिवर्तित नयाँ प्रविधिको ग्रहण र प्रयोग गर्ने क्षमता विकास गर्ने ।

११. संस्थाको व्यवसायिक क्षमता विकास र प्रवद्र्धनका लागि संघीय संरचनामा आवद्ध हुने जस्तैः (जिल्ला स्तरीय सहकारी संघहरु, प्रदेश स्तरीय सहकारी संघहरु, केन्द्रीय विषयगत सहकारी संघ,राष्ट्रिय सहकारी बैंक लगायतको सदस्यता लिने) ।

१२. दातृ निकायहरुबाट विना शर्त प्राप्त हुने कार्यक्रमगत तथा पूँजीगत अनुदान स्वीकार गर्ने ।

१३. समान उद्धेश्य भएका स्थानीय, राष्ट्रिय, तथा अन्र्तराष्ट्रिय सहकारी संघ संस्थाहरुसंग आपसी हितको लागि सम्वन्ध राख्ने ।

१४. नेपाल सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी बैंक, वाणिज्य वैंकहरु, विकास बैंकहरु, फाईनान्स कम्पनीहरु, सहकारी संघ÷संस्था तथा वित्त कम्पनीहरुबाट थोक ऋण लिई सदस्यहरुलाई आयमूलक कर्जा प्रदान गर्ने र ऋण फिर्ता गर्ने ।

१५. सदस्यहरु तथा संस्थागत विकासका लागि आय आर्जन परियोजना संचालन गर्ने ।

१६. समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्तिलाई संस्थामा आबद्ध गरी उनीहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि वित्तिय सहयोग, सीप विकास एवम् प्रविधि हस्तान्तरणमा सहयोग गर्ने ।

१७. अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाबाट ऋण लिने र आफ्ना सदस्यलाई मात्र ऋण लगानी गर्ने ।

१८. कृषि पर्यटन सम्बन्धी योजना सञ्चालन गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धनको कार्य गर्ने ।

१९. महिला सदस्यहरुलाई लक्षित गरि महिला उद्यमशिलता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।

२०. महिला समुह मार्फत सामुहिक खेती सञ्चालन गरि आत्मनिर्भर बनाउने ।

Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।