आज मिति २०८०।१२।१५ गते बिहिबारको दिन बारा जिल्लाका जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आवद्ध साकोसहरुले आफ्ना प्रगति विवरण र वर्तमान समयका चुनौतीहरुको बारेमा छलफल गर्दै ०४ औं सिकाई तथा कार्यकुशलता व्यवस्थापन कार्याशालामा संस्थाको तर्फबाट जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यलद सदस्य श्री भिम सापकोटा, व्यवस्थापक श्री बिबेक कुमार ठाकुर ,लेखापाल सुभाष दाहाल सहभागीता जनाउदै संस्थाको प्रगति बिबरण संस्थाको व्यवस्थापक ज्यूले प्रस्तुत गर्नु भएको थियो । आयोजक बारा जिल्ला कलैयामा अवस्थित रोयल बचत तथा ऋण सहकारी संस्था ली.लाई श्रोत परिचालन गरिदिनु भएकोमा सेवा शुभारम्भ साकोसको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । सेवा शुभारम्भ साकोस ।।
सहभागी संस्थाहरु १.सेवा शुभारम्भ साकोस २.पालनपोषण साकोस ३.घण्टीमाई साकोस ४.सिमरा महिला साकोस ५.संगालो साकोस
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।