आज मिति २०८१।०५।०६ गते बिहिवारको दिन संस्थाको आयोजनामा बारा जिल्ला क्लष्टर अन्तरगत ५ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्यक्रममा अध्यक्षता संस्थाको अध्यक्ष श्री मणिश्वर घिमिरे ज्यूले गर्नु भएको थियो,कार्यक्रम संचालन संचालक समिति सदस्य भिम प्रसाद सापकोटा ज्यूले गर्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष श्री निर्मल कुमार भण्डारी ज्यूले राख्नु भएको थियो साथै संस्थाको प्रगति तथा वित्तिय विवरण संस्थाको व्यवस्थापक श्री बिबेक कुमार ठाकुरले प्रस्तुत गर्नु भएको थियो ,त्यसैगरी नेफस्कूनको संचालक श्री शोभा राउत (प्रारम्भिक संस्था निजगढ महिला साकोसका अध्यक्ष ) प्रमुख अतिथ्यता,बारा जिल्ला बचत तथा ऋण संघका अध्यक्ष श्री सतेन्द्र प्रसाद ठाकुरको बिशिष्ट अतिथि,अतिथि नेफस्कूनका कार्यक्रम अधिकृत राजेन्द्र ढकाल अतिथ्यतामा,संघका व्यवस्थापक श्री हरीशंकर चौधरीको अतिथ्यतामा, र बारा क्लष्टरमा आवद्ध तपशिल बमोजिमको संस्थाको अध्यक्ष,संस्थाको प्रतिनिधिको उपस्थितिमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
तपशिल १) सिमरा महिला साकोस,सिमरा बारा २) संगाले साकोस ,सिमरा बारा ३) घण्टीमाई साकोस,सिमरा बारा ४) रोयल साकोस,कलैया बारा ५) पालनपोषण साकोस,बरियारपुर बारा ६) सप्तरंगी साकोस,सिमरा बारा
संस्थाले आगमी ३ महिनामा संस्थाको नीति,कार्यक्रम तथा बजेटमा आधारित रहि सदस्य विस्तार मञ्च ,सदस्य शिक्षा तथा तालिमको संचालन ,संचालक तथा कर्मचारी क्षमता अभिबृद्धिमा जोडदिने र व्यवसायिकम साझेदार कार्यक्रमबाट संस्थामा आवद्ध सदस्यलाई बढि भन्दा बढि लाभ प्रदान गर्ने तथा अनलाईन कारोबालाई प्रोत्साहन गर्ने संस्थाको अध्यक्ष मणिश्वर घिमिरेले प्रतिवद्धता जनाउदै कार्यक्रम समापन गरिएकोछ । #सबैको_लागि_सधैको_लागि #सेवा_शुभारम्भ_साकोस
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।