संस्थाको बार्षिक योजना तथा बजेटमा २०८१।२०८२ को कार्य योजना नं १२ मा विद्यार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम गर्ने योजना रहेको र संस्थाले प्रत्येक महिनामा १ घण्टी माध्यमिक तह बिद्यालयको कक्षा १० देखि १२ मध्य कुनै १ कक्षामा उक्त कार्यक्रम संचालन गर्ने व्यवस्था रहेको हुदा सोही अनुरुप आज मिति २०८१।०८।२८ गते शुक्रबारको दिन निजगढ न.पा वडा नं ०१ अबस्थित ने.रा माध्यमिक बिद्यालको कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थी भाई बहिनीहरुलाई बिद्यार्थी लक्षित वित्तिय साक्षरता कार्यक्रम संस्थाको शिक्षा तथा तालिम उप समिति संयोजक श्री मुकुन्द बिष्ट ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा बिद्यालयका प्र.अ श्री रामवरण यादव ज्यूले मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा संस्थाको व्यवस्थापक श्री बिबेक कुमा ठाकुरले तपशिलको बिषयहरुको बारेमा प्रशिक्षण गर्नुभएको थियो । १.नेपालमा सहकारीको ईतिहास र बिकास क्रम २.वित्तिय साक्षरताको परिभाष आवश्यकता र चाहना ३.बचतको परिभाषा,बचत गर्ने तरिका र बचतको योजना,संस्थामा रहेको बचतको प्रोडक्टहरु , ४.कर्जा परिभाषा,कर्जा लिदा ध्यानदिनुपर्ने कुराहरु,संस्थामा रहेको कर्जाको प्रोडक्टहरु , ५.पारिवारिक बजेट,बजेट बनाउदा ध्यानदिनुपर्ने कुराहरु, ६.समुदाय प्रति युवाबर्गहरुको भूमिका तथा उत्तरदायित्वहरु ७.संस्थाको नविनतम प्रविधिमा रहेको सुबिधाहरुको बारेमा ८.संस्थाले गर्दे आइेरहेको कार्यहरुको जानकारी त्यसै गरी कार्यक्रम सहजीकरण संस्थाको कर्जा प्रमुख श्री रोहितचन्द्र घिमिरे र सेवाकेन्द्र प्रमुख श्री मार्सल कार्की ज्यूले गर्नुभएको थियो । साथै संस्थाको यस कार्यक्रम सञ्चालन गर्ने बातावरण बनाई दिनु भएकोमा र स्थान उपलब्ध गराईदिनु भएकोमा श्री ने.रा माध्यमिक बिद्यालयलाई हार्दिक आभार प्रकट गर्दछौ ।
#सेवा_शुभारम्भ_साकोस #सबैको_लागि_सधैको_लागि #sewasubharambhasmartbanking #sewashubharambha #smartcooperative #financialliteracy #godigital #SSB #depositincooperative
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।