REGD. NO : 01/2075/2076

2026-05-16 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off

१४ औं बार्षिक साधारण सभा

Program Date : 2081-09-20 Posted 1 year ago

१४ औं बार्षिक साधारण सभा

         सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष मणिश्वर धिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । २०८१ पुस २० गते भएको साधारण सभाको उद्घाटन माननीय मधेश प्रदेश सासंद मिना लामा ज्यूले गर्नुभएको थियो । बिशिष्ट अतिथिको रुपमा निजगढ नगरपालिकाको मेयर श्री सुरथ पुरी ज्यूले आसनग्रहण गर्नु भएको थियो । त्यसैगरी अतिथिको रुपमा वडा नं ०३ का बडा अध्यक्ष श्री गोकुल प्रसाद तिमल्सिना,सगरमाथा साकोसका अध्यक्ष श्री भोला प्रसाद गौतम ,लोकप्रिय साकोसका अध्यक्ष श्री अम्बिका प्रसाद चौलागाई ,अवतार सकोसका अध्यक्ष श्री अजय लामा,समुन्नत महिला बहुउद्देशिय सहकारी का अध्यक्ष श्री कल्पना खरेल,सरल बहुउद्देशिय सहकारी का अध्यक्ष गोरख खड्का र बागदेव दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष श्री थानेश्वर सापकोटा ज्यूले उद्घाटन समारोहमा आसनग्रहण गर्नु भएको थियो । कार्यक्रममा संस्थाको उपाध्यक्ष निर्मल कुमार भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मणिश्वर घिमिरेले प्रगति प्रतिवेदन पेस गर्नुभयो,संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक समराज तामाङ्ग लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाको आगमि बर्ष २०८१।८२ को वार्षिक निति तथा कार्यक्रमको बारेमा संस्थाको कोषाध्यक्ष श्री सकुन्तला कुमारी लामा ज्यूले प्रस्तुत गर्नुभएको थियो । संस्थाले तपसिलका बिद्यमा तपसिलका सदस्यहरुलाई सम्मान प्रमुख अथिति,सभाध्यक्ष तथा अन्य अतिथिहरुको उपस्थित्य बमोजिम प्रदान गरिएको थियो ।

         तपसिल १.श्री स्व.नन्दिकेशर न्यौपाने लाई मृत्यृपर्यन्त शुभारम्भ अचिभमेन्ट अवार्ड २०८१ बाट वाहाँको छोरा श्री पंकज न्यौपाने ज्यूलाई हस्तान्तराण गरिएको थियो । २.श्री समिर तामाङ्ग लाई सेवा प्रतिभा पुरस्कार २०८१ बाट वाँहाको आमालाई हस्तान्तराण गरिएको थियो । ३.श्री शकुन्तला कुमारी सोनार, श्याम कुमारी श्रेष्ठ ज्यूलाई असल बचतकर्ता बिद्याबाट सम्मान गरिएको थियो, ४.श्री जुनी कुमारी लुङबा , सुदिप कोइराला ज्यूलाई असल कारोबारी बिद्याबाट सम्मान गरिएको थियो ५.श्री अनमोल कुमारी कुमर, निरञ्जन रिसाल ज्यूलाई असल मासिक बचतकर्ता बिद्याबाट सम्मान गरिएको थियो ६.श्री लुभिष न्यौपाने, सुलभ तिमल्सिना ज्यूलाई असल बालबचतकर्ता बिद्याबाट सम्मान गरिएको थियो ७.श्री दल बहादुर सापकोट, बसुन्धरी स्याङबो, साईली माया मुत्तान ज्यूलाई असल विप्रषणकर्ता बिद्याबाट सम्मान गरिएको थियो ८.श्री तेप प्रताव सिंह,अमित लामा,सन्त बहादुर लामा ज्यूलाई अनलाईन सेवा प्रदायक बिद्याबाट सम्मान गरिएको थियो

         त्यैगरी उक्त कार्यक्रममा संचालक तथा कर्मचारी तपसिलका व्यक्तिहरुलाई गरिएको थियो । १.संचालक तर्फ नवराज तिमल्सिना,रुपाश्री ढोडारी,लिला श्रेष्ठ,रुकमणि कार्की,छविलाल घिमिरे,ईन्द्र बहादुर खड्का,कृष्ण बहादुर बुढाथोकी २.कर्मचारी तर्फ प्रशंसा गौतम त्यसैगरी संस्थाको अध्यक्षले संस्थाको ८ वठा कार्यविधिहरु अनुमोदनका लागि र अन्य प्रस्ताव पेश गर्नुभयो । त्यसैगरि उक्त कार्यक्रम संस्थाको संंचालक श्री भिम प्रसाद साकोटाले गर्नुभएको थियो ।


Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।