यस संस्थाको आ.व. २०८१।२०८२ को बार्षिक नीति तथा कार्यक्रमको कार्ययोजना १४ मा कर्मचारी क्षमता अभिबृद्धि शिर्षक अन्तरगत रहेको बजार प्रतिनिधि क्षमता अभिबृद्धि तालिम व्यवस्था रहे अनुरुप राष्ट्रिय सहकारी बैकद्वारा मिति २०८१।१०।१९ गते होटल राजमार्गमा आयोजन बजार प्रतिनिधि क्षमता अभिबृद्धि तालिममा यस संस्थाबाट ६ जना सहभागि रहनु भएको थियो । उक्त तालिममा सहजीकरणको लागी सहकारी बैकको तालिम तथा शिक्षा बिभागबाट प्रशिक्षक श्री राज कुमार बराल ज्यू आउनु भएको थियो । उक्त तालिममा सहभागि १० वटा सहकारी संस्थाबाट ४० जना बजारप्रतिनिधि ज्यूहरुलाई सहकारी सम्बन्धित विवधि बिषयहरुमा समुहगत छलफल तथा अभ्यास गर्दै सहकारी संस्थाको अभियानको अग्रपन्तीमा रहनु भएको बजार प्रतिनिधि ज्यूहरुलाई तालिक पश्चात् संस्थामा तत्कालै सम्पन्न गर्न सकिने कार्ययोजना व्यवस्थापकबाट माग गरी सहकारीको मूल्य मान्यता तथा अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने बुदाहरुको बारेमा जानकारी गराउदै तालिमको समापन गरिएको थियो ।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।