आज श्री घण्टीमाई सहकारी संस्थामा ८ औ कार्यकुशलता सिकाई आदनप्रदान कार्यक्रम तथा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा कार्यक्रमको सभाध्यक्षता संस्थाको अध्यक्ष ज्यूले गर्नु,बारा जिल्ला बचत संघको अध्यक्ष सतेन्द्र ठाकुरज्यूले प्रमुख अतिथ्यतामा कार्यक्रमको उदघाटन गरिएको थियो ।
आज मिति २०८२।०३।०५ गते विहिबारको दिन नेपाल बचत तथा ऋण केन्द्रिय संघ लि।र बारा जिल्ला बचत संघ लि।को प्राविधिक सहयोगमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा बारा जिल्लाको पहिलो कल्र्सटर आवद्ध साकोसहरुले आफ्ना प्रगति विवरण र वर्तमान समयका चुनौतीहरुको बारेमा छलफल गर्दै ०८ औं सिकाई तथा कार्यकुशलता व्यवस्थापन कार्याशालामा संस्थाको तर्फबाट जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यलद सदस्य श्री भिम सापकोटा, व्यवस्थापक श्री बिबेक कुमार ठाकुर ,लेखापाल सुभाष दाहाल सहभागीता जनाउदै संस्थाको प्रगति तथा वित्तिय विवरण संस्थाको व्यवस्थापक ज्यूले प्रस्तुत गर्नु भएको थियो । आयोजक बारा जिल्ला जितपुर सिमरा उ.मा.न.पा.औराहमा अवस्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था ली।लाई श्रोत परिचालन गरिदिनु भएकोमा सेवा शुभारम्भ साकोसको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।